बिर्तामोड  : झापाको बिर्तामोड स्थित भगवान चोकमा  स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर सञ्चालनमा आएको छ  आइतवार (आज) पत्रकार सम्मेलनको आयोजना गरी अस्पताल सोमवारदेखि सञ्चालनमा आउने प्रशासनले जनाएको हो । 

सुरुवात चरणमा हस्पिटले १५ वेड सञ्चालन गरेको हस्पिटलका अध्यक्ष तथा वरिष्ठ अर्थोपेडिक तथा स्पाइन सर्जन डा ंप्रेमबहादुर शाहीले जानकारी दिए । उनले आगामी दिन १ सय वेडको बनाइने लक्ष्य लिइएको जानकारी दिए । 

स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा अत्याधुनिक प्रविधीबाट स्पाइन सम्वन्धी सम्पूर्ण उपचार, (सानो घाउ पारेर), हाडजोर्नी सम्वन्धी शल्यक्रियासहित सम्पूर्ण उपचार, (जोर्नी प्रत्यारोपण, दुरवीनबाट गरिने उपचार ), न्यूरोको अत्याधुनिक प्रविधीसहितको इण्डोभास्कुलर न्युरो सर्जनद्वारा उपचार, सर्जरीतर्फ जीआई सर्जन (एमसीएच) बाट सेवा, गाइनोतर्फ बाझोपन सम्वन्धी विशिष्टकृत डाक्टहरुद्वारा शल्यक्रियासहितको सेवा, अत्याधुनिक प्रविधिको रेडियोलोजिष्ट सेवा,  अत्याधुनिक प्रविधिको भिडियो एकस रे, सिटीस्क्यान सेवा, अत्याधुनिक प्रविधिको आइसियु, एनआइसियु, नर्सरी, एचडियु सेवा प्रदान गरिने उनले डा. शाहीले बताएका छन् ।

त्यस्तै स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा सबै विभागको विशिष्टकृत डाक्टहरुद्वारा ओपिडी सेवा, हरेक विभागको क्याविनसहितको सेवा, अत्याधुनिक प्रविधी र उपकरणसहितको शल्यक्रिया कक्ष, अध्याधुनिक प्रयोगशाला, फार्मेसी सेवालगायतका सम्पूर्ण सेवा उपलव्ध रहेको बताइएको छ । 

हाल करिब ३० करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको स्पाइन एक्स सुपर स्पेयसिलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको ६० प्रतिशत लगानी भइसहेको छ भविश्यमा ५० करोड लगानी गर्ने तयारी गरिएको डा. शाहीले जानकारी दिए । 

स्थानीय क्षेत्रमा प्रविधियुक्त अस्पताल खुलेको भन्दै मिडियाकर्मीले अस्पतालसंग समन्वय गर्दै राम्रा कुराको सपोट गर्न र सुधार गर्नु पर्ने कुरालाई औंल्याउन आवश्यक रहेको अस्पतालका सञ्चालक मध्येका डा. लक्ष्मीप्रसाद मैनालीले बताए । उनले सबैको सहयोगबाट मात्र अस्पताल चल्ने भन्दै सहयोग गर्न आग्रह गरे ।  

पत्रकार सम्मेलनमा  डा. गौरवराज ढकाल, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, महासंघका पूर्व केन्द्रिय सदस्य मोहनकाजी न्यौपाने लगायतले शुभकामना मनतब्य राखेका थिए । 

पत्रकार सम्मेलनमा सञ्चालक किशोर भुजेल, प्रकाश लिङ्देन, डा. ध्रवनारायण शाह, डा. उपशना कोइराला थापा, डा. केशवकुमार मण्डल, डा.अमरेन्द्रकुमार थादव, डा. मोहम्मद नौसाद अन्सारी, ब्यवस्थापक प्रमुख अभय भुजेल, कनकाई हस्पिटलका फडेन्द्र चापागाईलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार बिजय बरालले गरेका थिए ।