बिर्तामोड । 

जापान जान इच्छुक नेपाली युवा युवतीलाई शीपमुलक तालिम तथा भाषाको प्रशिक्षण दिने उदेश्यले झापाको बिर्तामोडमा   एसएमएस कर्पोरेशन सञ्चालनमा आएको हो । आज सोमबारबाट औपचारीक रुपमा कर्पोरेशन सञ्चालनमा आएको हो । 

उक्त कर्पोरेशनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि  व्यवसायी तथा नेकपा एमालेका नगर अध्यक्ष सुवास भट्टराईले गरेका छन् । 

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत महेश लुईटेलले स्वागत सहित संस्थाको औचित्माथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन प्रवन्ध निर्देशक चुडामणि काफ्लेले गरेका थिए । 

sams pic

कार्यक्रममा बिर्तामोड नगर निवर्तमान मेयर  ध्रव शिवाकोटी, बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुन मैनाली, इक्यान झापा अध्यक्ष रोशन सुवेदी, निवर्तमान अध्यक्ष मिलन ओली लगायतको आतिथ्यता रहेको थियो ।  कर्पोरेशनले जपानिज भाषाका जेएलपिटी, जेएफटी, एनएटी, जेसिआरटीलगायत बिभिन्न तहका कक्षाहरु सञ्चालन गर्ने, अंग्रेजी भाषाका आईइएलटिएस, पिटीई, टिओइएफएल, जिआरईलगायतका कक्षा सञ्चालन गर्ने बताइएको छ । 

मुख्य गरेर जापानको काम गर्ने कर्पोरेशनले कोरिया, क्यानाडा, अमेरिकालगायत सवै मुलुकहरुमा जानेलाई बिभिन्न कक्षा, भाषा, तालिम र त्यहाँका रहनसहन, नियम, वातावरणलगायतका बिषयमा जानकारी दिदै जान समन्वय गर्ने प्रवन्ध निर्देशक चुडामणि काफ्लेको भनाई छ ।