बिर्तामोड : झापाको बिर्तामोडमा सिइएस कबी सम्मेलन २०८० भएको छ । बिर्तामोड १ स्थित चिल्ड्रेन इन्भारोमेन्ट स्कुलमा कबी सम्मेलन भएको हो । 

हिजो आइतबार कबिता वाचन तथा लेखन प्रतियोगिताको आयोजना गरिएको थियो भने आज सोमबार समापनमा पुरस्कार वितरण तथा बिशिष्ट अतिथि कबि सुदेश सत्यालद्धारा कबिता प्रस्तुत गरिएको थियो । 

आफ्नो भाषा , साहित्य, कला र संस्कृतिको संवर्धन गरौं भन्ने मुल नाराका साथ बिगत तीन बर्षदेखि विद्यालयले कबी सम्मेलन गर्दै आएको विद्यालयका प्रिन्सीपल सन्तोष सुब्बाले जानकारी दिए । 

उनले विद्यार्थीलाई पढाईको अलवा अतिरिक्त कलाप अन्तरगर्त साहित्य प्रति रुचि र जागरुक गराउन कार्यक्रम आयोजना गरिएको बताए । 


कवियित्री तथा ब्यक्तित्व विकास प्रशिक्षक लिला अनमोलको संयोजन तथा विद्यालयको वाल क्लब अध्यक्ष जस्मिन चौहानको अध्यक्षता कार्यक्रम समापन भएको हो । 

बिर्तामोड नगर शिक्षा अधिकृत त्रिलचन भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा स्कुलका अतिरिक्त क्रियाकलापका शिक्षक दिपक रायमाझी, नेपाल पत्रकार महासंघ झापा उपाध्यक्ष केशब भट्टराई, साहित्यकार तुलसी प्रसाद भट्टराई लगायतले शुभकामना मनतब्य राखेका थिए । 

विद्यालयले आयोजना गरेको कबिता प्रतियोगितामा सिनियर तर्फ गरिमा धमला प्रथम, अन्जली न्यौपाने दोस्रो र दिया पौडेल तेस्रो भएकी थिइन । 

त्यस्तै जुनियर तर्फ हिमाल रत्न प्रसाई प्रथम, तृसना प्रधान दोस्रो र आलोक लुंइटेल तेस्रो भएको विद्यालयका अतिरिक्त क्रियाकलापका कोडिनेटर दिनेश राज शर्माले जानकारी दिए । उनले प्रतियोगितामा बिजेता भएकाले प्रमाणपत्र र ट्रफि प्राप्त गरेको उनले बताए । 

विद्यालयका प्रिन्सीपल सन्तोष सुब्बाका अनुसार विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तरगर्त आर्ट,थिएटर,उद्धघोषण,ब्यक्तित्व विकास, मोडलिङ, हस्तलेखन लगायतका  कक्षा सञ्चालन गरिरहेको छ । अघिल्लो बर्ष विद्यालयले कबिन नवराज पराजुलिलाई ल्याएको थियो ।