अर्जुनधारा ।
अर्जुनधाराको एक सामुदायिक विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिएको छ ।

झापा बिर्तामोडको एभरेष्ट स्मार्ट बाल क्लबले अर्जुनधारा ८ मा रहेको चन्द्रोदय प्राथमिक बिद्यालयका ७५ जना बालबालिकालाई स्विटर, कापि, पेन्सिल लगायतका सामाग्री बितरण गरिएको प्रधानाध्यापक अनुप शर्माले जानकारी दिए ।
एभरेष्ट स्मार्ट एजुकेशन एकाडेमीको सहयोगमा बाल क्लबले ४५ हजार मूल्य बराबरको सामाग्री बितरण गरेको क्लबकी अध्यक्ष कृषा दुलालले जानकारी दिइन् ।

_1736908732.jpg)
अर्जुनधारा ८ का वडाध्यक्ष कुमार उप्रेतीको प्रमुख आतिथ्यतामा समपन्न कार्यक्रममा लायन्स क्लब अफ बिर्तामोड लेडिको अभिभावकिय साथ रहेको थियो ।
एभरेष्ट स्कुलका प्रधानाध्यापक शर्माले सामाजिक उत्तरदायित्व बहन गर्दै बालबालिकाको शिक्षणलाई सहज बनाउन कार्यक्रम गरिएको बताए । कार्यममा चन्द्रोदयका प्रधानाध्यापक टंकप्रसाद आचार्य, लायन्स अध्यक्ष निरु ओलिले शुभकामना राखेका थिए ।

बाल क्लब अध्यक्ष कृषा दुलालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन फोकल पर्सन तृष्णा अधिकारीले गरेकी थिइन् ।