काठमाडौं । नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बिदा भएकासहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरिएको महासचिव शंकर पोखरेलले बताए ।

उनका अनुसार कोशी प्रदेशबाट तुलसीप्रसाद न्यौपाने, बागमतीबाट केशवराज पाण्डे, कर्णालीका विनोद शाह, मधेशका रामअवतार यादव, सुदूरपश्चिमका दामोदर भण्डारी र झापाका जिल्ला अध्यक्ष दीपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

प्रदेश अधिवेशनबाट अध्यक्षमा उम्मेवार बनेका क्रमशः कोशीका विनोद ढकाल,वागमतिका कृष्ण दाहाल,गण्डकीका मायानाथ अधिकारी र लुम्बिनीका हरि रिजालको केन्द्रीय सदस्य पद स्वतः रिक्त भएको थियो ।अध्यक्ष उम्मेदवार नबनेर पार्टी नेतृत्वको निर्देशन मानेका कारण पूर्व अध्यक्षहरुले यो मौका पाएका हुन् ।