बिर्तामोड । 

बिर्तामोड स्थित कनकाई हस्पिटलको सञ्चालक समितिको अध्यक्षमा युवराज डाँगी चयन भएका छन् । बिर्तामोडमा शनिवार (आज) भएको हस्पिटलको १७ औं साधारणसभाबाट आगामी तीन बर्षे कार्यकालका लागि डाँगी अध्यक्षमा चयन भएका हुन् ।   

हस्पिटलको बिधानमा हरेक तीन बर्षमा सञ्चालक मध्येबाट एकजना अध्यक्ष हुने प्रावधान रहेको जनाइएको छ । सोही प्रावधान बमोजिम डाँगी अध्यक्षमा चयन भएका हुन् । 

यसअघि चिकित्सक  प्रेमबहादुर शाही हस्पिटलका अध्यक्ष थिए । उनले दुई कार्यकाल नेतृत्व गरेपछि अर्कै अस्पताल सञ्चालन गरेसंगै  डाँगीको नेतृत्वमा हस्पिटलको व्यवस्थापन आएको हो । 

डांगी यसअघि हस्पिटलको प्रबन्ध निर्देशक थिए । बिधानमा अन्य सम्पूर्ण सञ्चालक सदस्य रहने प्रावधान रहेको जनाइएको छ ।