बिर्तामोडमा सञ्चालित कनकाई हस्पिटलको  १७ औँ वार्षिक साधारणसभा आज समपन्न भएको छ ।  अस्पतालका अध्यक्ष डाक्टर प्रेमबहादुर शाहीको अध्यक्षता तथा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीको प्रमुख आतिथ्यतामा उद्धघाटन कार्यक्रम समपन्न भएको हो । 

हस्पिटलले कार्यक्रममा गत आर्थिक वर्षमा ५५ हजार ८३४ जना बिरामीलाई बहिरङ सेवा दिएको जनाएको छ ।

प्रबन्ध निर्देशक युवराज डाँगीले  प्रस्तुत गरेको प्रतिवेदन अनुसार बालबालिका, वयस्क तथा ज्येष्ठ नागरिक गरी करिब ५६ हजार जनालाई स्वास्थ्य सेवा दिइएको हो ।

अस्पतालले ३९ हजार ८९२ जनालाई सरकारको स्वास्थ्य बीमाअन्तर्गत सेवा दिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

हस्पिटलले गत वर्ष सामान्य शल्यक्रिया ६५७ वटा र गम्भीर शल्यक्रिया एक हजार ४०४ जटा तथा महिला तथा प्रसूतिको शल्यक्रिया २२० वटा गराएको डाँगीले बताए ।

कार्यक्रममा डाक्टर शाही,  प्रमुख अतिथि बाह्रकोटी, कम्पनी सचिव तथा कानुनी सल्लाहकार सोमबहादुर राई, अस्पतालकी मेट्रोन निशा विक लगायतले शुभकामना मनतब्य राखेका थिए । 

अस्पतालका सञ्चालक तथा संस्थापक प्रबन्ध निर्देशक महेन्द्रबहादुर राईले स्वागत गरेको कार्यक्रमको सञ्चालन पूर्वसञ्चालक फणीन्द्र चापागाईंले गरेका थिए ।