बिर्तामोड  : बिर्तामोड नगरपालिका वडा नम्बर २ खेलकुद विकास समितिले खेलकुद सामग्री वितरण गरेको छ । साविक चारपाने गाविसका ८ वटै वडालाई भलिबल ,नेट,फुटबल वितरण गरिएको अध्यक्ष कमला लिम्बूले जानकारी दिइन् । उनका अनुसार बालबालिकालाई पनि फुटबल वितरण गरिएको छ । 

पुष २६ र २७ गते साविक वडास्तरीय भलिबल प्रतियोगिता हुने र त्यसैलाई लक्षित गरि खेलकुद सामाग्री वितरण गरिएको उनको भनाई छ । 

गत मंसिर २५ बाट सुरु भएको खेलकुद महोत्सव फागुन १० गते समापन हुने जनाइएको छ । संक्षिप्त सामाग्री वितरण कार्यक्रममा बिर्तामोड २ का  वडाध्यक्ष किशोरकुमार पौडेल ,सदस्य तिला गौतम लगायतको उपस्थिति रहेको  सचिव पंकज सिग्देलले जानकारी दिए । वडा कार्यालयले युवा र बालबालिका लक्षित कार्यक्रम गर्दै आएको जनाएको छ ।