निजि तथा आवासीय बिद्यालय अर्गनाइजेसन  प्याब्सन  बिर्तामोडको  पालिका स्तरीय साधारण सभा सम्पन्न भएको छ । 

 प्याब्सनका पुर्व केन्द्रीय सदस्य गुरुभक्त न्यौपानेको प्रमुख आतिथ्यता तथा  नगर प्याब्सन बिर्तामोडका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा कार्यक्रम भएको हो ।  नगर प्याब्सन सह –सचिब देबेन्द्र हुमागाईले स्वागत गरेको कार्यक्रममा सचिब सुरेन्द्र खरेलले संगठनको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा प्याब्सन झापाका सचिब हरिकृष्ण पाठकले शुभकामना राखेका थिए । 

pic ppp

कार्यक्रममा बोल्दै क्ताहरुले  स्थानीय सरकारले संस्थागत बिद्यालयले गरेको योगदानको मुल्यांकन गर्न कन्जुस्याइँ गरेको बताए ।  कार्यक्रममा  स्वागत मन्तब्य राख्दै सह सचिब हुमागाईले स्थानीय सरकारले विभिन्न बहानामा दुख दिने बाताबरण निर्माण गरेको बताए ।उनले कहिले परिक्षाको नाममा  त कहिले छात्रवृत्तिको नाममा निजि बिद्यालयलाई स्थानीय सरकारले विभेद गरेको गुनासो गरे ।  

WhatsApp Image 2024-01-08 at 02.17.16

अध्यक्ष खनालले  कक्षा ११ र १२को छात्रवृत्ति पालिकाको निर्देशन बमोजिम बितरण गरिएको र बिद्यालय ग्रेडिङको प्रस्ताव लाई प्याब्सनले स्वीकार नगर्ने बताए । उनले एकता आवस्यक भएको बताउदै संस्थागत बिद्यालय लाई एकीकृत हुन आग्रह समेत गरे । बिर्तामोड नगरपालिका भित्र ४८ वटा संस्थागत बिद्यालय प्याब्सनमा आबद्ध भएका छन् ।