झापा– नेपाल प्रहरीका १६ जना नायब महानिरीक्षक डीआईजीको सरुवा भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी खड्काले मन्त्रीस्तरीय निर्णयबाट सातवटै प्रदेश प्रमुखको सरुवा गरेका हुन् ।
चन्द्रकुबेर खापुङ कोशी प्रदेश प्रमुख भएका छन् भने यज्ञविनोद पोखरेल प्रदेश प्रहरी प्रमुखमा सरुवा भएका छन् । यस्तै बागमती प्रदेश प्रमुखमा विष्णुकुमार केसीको सरुवा हुँदा गण्डकीमा विकासराज खनालको सरुवा भएको छ ।
यस्तै लुम्बिनी प्रमुख प्रहरीमा कुबेर कडायतको सुरुवा हुँदा कर्णालीमा लालमणि आचार्य र सुदूरपश्चिममा रविन्द्र केसीपुगेका छन् ।