बिर्तामोड  :झापाको बिर्तामोडमा खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

कृषि तथा पशुपंछी मन्त्रालय, खाद्य प्रविधि गुण नियन्त्रण बिभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाको आयोजना तथा नारी सञ्चार गृह झापाको सहआयोजनामा बिहीवार (आज)  अन्तरक्रिया गरिएको हो । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय झापाका प्रमुख सुवासचन्द्र वस्तीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो । 

 नारी सञ्चार गृहकी अध्यक्ष रेजिना गौतमले स्वागत गरेको कार्यक्रमको सञ्चालन गृहको सह–सचिव जोस्ना श्रेष्ठले गरेकी थिइन् । कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष ओमकृष्ण बिमली लगायतले शुभकामना मनतब्य राखेका थिए । 

अन्तरक्रियामा उपस्थिति सरोकारवालाहरुले पनि खाद्य गुणस्तरका बारेमा जिज्ञासा राख्नुका साथै उनीहरुले आ–आफ्नो धारणा राखेका थिए ।