बिर्तामोड :  बिर्तामोड उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा व्यवसायी राजकुमार घिमिरे राजु उम्मेदवार बन्ने निश्चित भएको छ । 

घिमिरेले संघको वरिष्ठ उपाध्यक्षमा स्वतन्त्ररुपमा उम्मेदवारी दिने मनसाय बनाएको बताए । उनी  हाल संघको वाणिज्य उपाध्यक्ष छन् । 

वाणिज्य संघ कुनैपनि पार्टीको राजनीति गर्ने थलो नभइ व्यवसायीको हितमा काम गर्ने संस्था हुनुपर्नेमा घिमिरेको  जोड छ । आफु पार्टीगत नभइ स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै उहाँले व्यवसायीले यसकुरालाई सकरात्मकरुपमा लिने विश्वास व्यक्त गरे  । 

व्यवसायीका विभिन्न प्रकारका कर र बैकिंग क्षेत्रका समस्या रहेपनि उनीहरुको हितमा वाणिज्य संघले कुनै काम गर्न नसकेको घिमिरेको गुनासो छ । बैठकमा व्यवसायीका समस्याको बारेमा पटक पटक कुरा उठाउँदा पनि कुनै सुनुवाइ नभएको भन्दै उहाँले वर्तमान नेतृत्वले राजनीति बाहेक केहि गर्न नसकेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघलाइ व्यवसायीको हितमा बनाउनको लागि अब आफुहरु अघि बढेको घिमिरेको भनाइ छ । कोभिडको समयदेखि थलिएको बजार हालसम्म उठ्न नसकेपछि धमाधम सटरहरु बन्द हुन थालेको भन्दै यस विषयमा नेतृत्व गम्भिर हुन जरुरी रहेको घिमिरेले बताए ।

राज सप्लायर्सका सन्चालक घिमिरे करिब ३० वर्षदेखि व्यवसाय क्षेत्रमा हुनुहुन्छ । हाल अलैंची व्यवसायी महासंघको केन्द्रिय सदस्यसमेत रहेका  घिमिरेले लायन्स क्लब अफ अनारमनीको अध्यक्ष हुँदा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्यगरेवापत अवार्ड प्राप्त गरेका थिए । 

व्यवसायी घिमिरे २०५८ सालमा पाँचथरको रवि उद्योग वाणिज्य संघ शाखाको सचिब थिए । व्यवसायी घिमिरे सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।