झापाको कमल ४ स्थित चुलाचुली मोडमा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । आज सांझ ४.३० बजेको समयमा दुई वटा मोटर साइकल र एउटा स्कुटर एक आपसमा ठोक्कीएका हुन् ।
पश्चिमबाट पूर्व तर्फ आउन राजमार्ग क्र्रश गर्दै गरेको मे ६ प ३१५२ नम्बरको मोटरसाइकल, सोहि दिशाबाट आउंदै गरेको प्रदेश ०१ –०१६ प ८९९२ नम्बरको मोटरसाइकल र वीपरीत दिशाबाट गएको प्रदेश ०१–०१६ प ७१४० नम्बरको स्कुटर एक आपसमा ठोक्एिका हुन् ।

दुर्घटनामा परी प्रदेश ०१ –०१६ प ८९९२ नम्बरको मोटरसाइकलमा पछाडी सवार कन्काई ३ का ७० बर्षिय रघुनाथ भट्टराईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । उनको उपचारकालागि अस्पताल लैजांदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै मे ६ प ३१५२ नम्बरको मोटरसाइकलमा सवार कमल २ बस्ने अन्दाजी ५५ बर्षको वेदप्रसाद बजगांई सामान्य घाइते भएको जनाइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना भएका सवारी केर्खा प्रहरी चौकिको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।