अहिले भर्खरै झापाको माइधारमा सवारी दुर्घटना भएको छ । करीब सांझ ७ बजेतिर कार र मोटरसाइकल एक आपसमा ठोकिएको हो । 

दुर्घटनामा परी मे १० प ७३१२ मोटरसाइकलमा  सवार एक ब्यक्तिको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख नबराज न्यौपानेले जानकारी दिए । अन्दाजी ३३ बर्षिय पुरुषको मृत्यु भएको र मृत्यु हुनेको पहिचान नखुलेको उनले बताए । मोटरसाइकलमा सवार अन्दाजी ठेगाना नखुलेको २५ बर्षको अनुप ढकाल घाइते भएका छन् । शरीरका बिभिन्न भागमा चोट रहेको र उनी बोल्न नसक्ने गम्भिर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।  उनको बिर्तासिटी अस्पतालमा उपचार हुंदैछ । 

पुर्वबाट पश्चिम जाँदै गरेको मोटरसाइकल र पश्चिमबाट पुर्व आउंदै गरेको बा १४ च ६६०३ नम्बरको कार कन्काईपुल पश्चिम माइधारमा एक आपसमा जुधेका हुन् । 

कारमा चालक सहित ४ जना सवार थिए । कार चालक बिर्तामोड ३ बस्ने बर्ष ५० को अनिलकुमार शाहा घाइते छन् । उनको शरीरमा चोट छ । उनको अवस्था सामान्य रहेको र कन्काई अस्पतालमा उपचार भइरहेको जनाइएको छ । 

त्यस्तै कारमा सवार सोहि स्थानका ५३ बर्षीय जयप्रकाश शाहा, सोहि स्थानकै ४४ बर्षको रन्जन शाहा र ५३ बर्षीय ललीत शाहा घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । उनीहरुको बिर्तासिटी अस्पतालमा उपचार भइहरेको छ ।  घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।