उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान झापाको टेकनाथ भण्डारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।  मोरङको लेटाङमा सम्पन्न अधिबेशन बाट संघको उपाध्यक्षमा खेम भण्डारी , उत्तम खनाल सचिब देबेन्द्र हुमागाई ,सह– सचिब भाष्कर निरौला चयन निर्वाचित भएका हुन् ।

यस्तै सदस्यहरुमा सन्देश ओली, चन्द्र खनाल,सुरेन्दमूर्ति पन्न,जीवन शिवाकोटी, प्रमिला बजगाई ,कपिल क्षेत्री, प्रकाश भण्डारी चयन भएका सचिब हुमागाईले जानकारी दिए । 

59b037c5-8be4-455b-88ab-d9b4821a966f 1

हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोख्रेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा कोशी प्रदेश अध्यक्ष ज्ञानु खड्का ,मोरङ अध्यक्ष अमित ढकाल र वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिना लगायतले शुभकामना राखेका थिए । 

चन्द्र खनालले स्वागत गरेको कार्यक्रममा सहभागीहरुले सरकारले ल्याएको शिक्षा विधेयकका विषयमा स्पष्ट कुरा राखेका थिए । हिसान कक्षा ११र१२ संचालकहरुको साझा संस्थाको रुपमा काम गर्दै आएको बताईएको छ ।