बिर्तामोड  : नेपाल मधेसी समाज सेवा समितिले आज सोमबार मकर संक्रान्तिका अवसरमा बिर्ताबजारमा खिचडी प्रसाद वितरण गरेको छ ।

बिर्ताबजार स्थित दुर्गा मन्दिरअगाडि समितिले एक कार्यक्रमकाबिच खिचडी प्रसाद वितरण गरेको हो । सामाजिक उत्तरदायित्व अन्तरर्गत करीब ६ सय जनालाई निशुल्क खिचडी वितरण गरिएको समितिका अध्यक्ष रामेश्वर मण्डलले जानकारी दिए । उनले लगातार तीन बर्षदेखि यस्तो कार्यक्रम गरिंदै आएको जानकारी दिए । 

साथै समितिले  विपन्नलाई निशुल्क कपडा समेत वितरण गरेको छ । बच्चाहरुको ५० थान, ठुलो ब्यक्तिहरुकोलागि २५ थान ज्याकेट तथा ब्लाङ्केट २० थान वितरण गरिएको अध्यक्ष मण्डलले बताए । 

समितिलाई वितरण गरिएको कपडा छठ महिला मञ्च, अन्तलाल महत्तो र शत्रुधन रौनियारले उपलब्ध गराएको अध्यक्ष मण्डलले जानकारी दिए । 

fba35088-e60d-4a27-be60-c9b547cc01c4

खिचडी तथा निशुल्क कपडा वितरण कार्यक्रममा समितिका सह–सचिव प्रकाश महत्तो, सदस्य मोहनकुमार झा, बरिष्ठ सल्लहाकार दिलिप सिंह लगायतको उपस्थिति रहेको थियो । 

समितिका अध्यक्ष मण्डलको  अध्यक्षता तथा बिर्तामोड नगर प्रमुख पवित्रा महत्तरा प्रसाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको विशिष्ट अतिथिमा बिर्तामोड– ३ का निवर्तमान वडाध्यक्ष भोजराज सिटौला रहेका थिए ।

fd953e77-b279-4176-860c-46f8be74c604

कार्यक्रममा बिर्तामोड– ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, बिर्तामोड नगरपालिकाका अधिकृत मेघराज बास्तोला , नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका निवर्तमान सभापति सजेश शिवाकोटीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन आयोजक समितिकी प्रवक्ता निशा कर्ण मण्डलले गरेकी थिइन् ।

त्यस्तै एक सातादेखि  मधेसी समाज सेवा समितिले कपडा बैंक सञ्चालन गरिरहेको छ । अबको केहिदिन विपन्नकालागि 

 बिर्ताबजारमै कपडा बैंक संचालन गरिने  समितिका अध्यक्ष मण्डलले बताए । त्यसैगरी मृगौला पीडित समुद्र माझी बचाउनकालागि सहयोग संकलन समेत अभियान चलाएको थियो ।