बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ७ मा रहेको बेल्स मोडल स्कुलमा आज बिहान  बेलुन फुलाउने मेशिन( हाईटाेजन ग्यास) बिस्फाेट हुँदा एक जना गम्भीर घाइते भएका छन् । 

उनको  कम्मर मुनिको भाग छेदविछेद अवस्थामा छ । विस्फोटमा उनको खुट्टा चुँडिएर झरेको छ ।  घाईतेके शरिरको विभिन्न भाग ९ मासुका टुक्रा० छरिएको अवस्थामा छ । 

स्कुलले आज आयोजना गरेको शैक्षिक तथा खेलकूद कार्यक्रमको सजावटका लागि ग्यास भरिएको मेशिनबाट बेलुन फुलाउने क्रममा  ग्यास स्फोट हुँदा अन्दाजी ५५ वर्षीय भारतीय नागरिक गणेश सहनी घाइते भएका हुन् । 

उनको उपचारको लागि विएण्डसी हस्पिटल पठाइएको र अवस्था चिन्ताजनक रहेको वडाअध्यक्ष अविरल कृष्ण खरेलले जानकारी दिए ।

 विस्फोटमा अन्य एक जना पनि घाइते भएको र उनको अवस्था सामान्य रहेको बताइएको छ । घटना भएसंगै विद्यालयले आज आयोजना गरेको  कार्यक्रम पनि स्थगित गरेको छ ।