कन्काईमा एक जना बालक घरको तीन तलामाथिबाट लडेर घाइते भएका छन् । मोरङको बुढीगंगा गाउँपालिका–३ बस्ने आकाश अधिकारीको चार वर्षीया छोरा सुवास अधिकारी घाइते भएका हुन् । अधिकारी आफन्त झापा कनकाई –३ का लक्ष्मी बरालको घरमा आएका थिए ।
घरको तीन तला माथिको रेलिङबाट लडेर घाइते भएका अधिकारीको वीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।