बिर्तामोड–झापाका ढुवानी व्यवसायी निर्मल खत्रीले बिर्तामोडका विपन्न परिवारका बालबालिकालाई स्वीटर वितरण गरेका छन् । बिहीवार विहान उनले बिर्तामोड–३ का दुई वटा वस्तीमा पुगेर स्वीटर वितरण गरेका हुन् ।

pic 1 khatri

पूर्वेली ढुवानी सेवा बिर्तामोडका सञ्चालक खत्रीले वडा नम्वर–३ को विराटपोखर र उन्नति रंगशाला टोलमा पुगेर स्वीटर वितरण गरेका हुन् । उनले एक सय जना सन्थाल बालबालिकालाई स्वीटर वितरण गरेको जानकारी दिए । विपन्न समुदायका बालबालिका चिसो बढेसंगै समस्यामा भएको थाहा पाएपछि सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरेको बताए । 

खत्रीले मजदुरी गरेर जीविकोपार्जन गर्ने परिवारमा पुगेर स्वीटर वितरण गरेका हुन् ।  उनले आगामी दिनमा पनि यस प्रकारका सेवालाई निरन्तरता दिने बताए ।

pic 2222

कार्यक्रममा नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराई, वडा नम्वर ३ का अध्यक्ष मदन बुढाथोकी, नेकपा एमाले वडा नम्वर ३ का अध्यक्ष कुमार बुढाथोकी, कांग्रेस ३ नम्वर वडाका सभापति प्रेम उप्रेती, माओवादीका तुलसी ढकाल, वडा सदस्य हरि बाँस्कोटा, युवा व्यवसायी पदम श्रेष्ठ, दाता खत्रीकी श्रीमती रेनुका लिम्बुसहित स्थानीय अगुवाको सहभागितामा रहेको थियो ।