सुरुङ्गा : सुरुङ्गा स्थित धनुषकोटीधाममा दुई समूहबिच झडप भएको छ । पिकनीक खान गएको दुई समूह बिच झडप भएको र खुकुरी प्रहार समेत भएको  छ । पर्यटकिय स्थल धनुषकोटीमा दुई पिकनिक समुहविचमा झगडा हुदा २ जना घाईते  भएका छन् ।  

घटना करीब आज सांझ साढे ५ बजे भएको जनाइएको छ ।  बिर्तामोडबाट आएको एक पिकनिक समुह र अर्को पिकनिक समुहका युवाहरुले मापसे सेवन गरेको त्यस पश्चात बिबाद सृजना भएको प्रहरीले जनाएको छ ।   

बिबादमा एउटा समुहले खुकुरी  निकालेर अन्धाधुन्ध प्रहार गर्दा दुई जना घाइते भएको प्रहरीले जनाएको छ । 

घटनामा बिर्तामोड ५ का उमेश चौधरी र दिपक लिम्बु घाइते भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले बताए । 

चौधरीको बिएण्डसी र लिम्बुको बिर्तासीटीमा उपचार भइरहेको डिएसपी कार्कीले बताए । उनीहरुको टाउकोमा चोट रहेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ । 

प्रहरीले प्रहार गर्ने समुहको खोजी गरिरहेको जनाएको छ । उनीहरुले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए । प्रहरी अहिले पनि घटना स्थलमै रहेको छ ।