बिर्तामोड । 

आसन्न बिर्तामोड उद्योग बाणिज्य संघको निर्वाचनमा कृष्ण पौडेलले महासचिवमा  उम्मेद्वारी दिने घोषणा गरेका छन् । हाल संघको बाणिज्य सचिव भएकाले पनि महासचिवको दावेदार भएको पौडेलको भनाई छ ।  

उनले अहिले नै पार्टीको निर्णय आइनसकेको बताउँदै अन्य दलहरुसँग सहमति गर्ने प्रयास भइरहेको बताएका छन् । कुनै दल तथा पार्टीसँग भने जस्तो सहमति नभए एक्लै प्यानल खडा गरेर पनि महासचिव पदको उम्मेद्वारी दिने बताएका छन् । 

राप्रपा समर्थक पौडेल एक कुसल ब्यवसायीका रुपमा परिचित छन् । उनी धेरै सामाजिक संघ संस्थामा बिभिन्न जिम्मेवारी रहेर कुसल नेतृत्व गरिसकेका सामाजिक ब्यक्ति हुन् ।

पौडेलले महासचिव भए बाणिज्य संघमा आवद्ध भएका ब्यवसायीलाई यो मेरो संस्था हो भन्ने अपनत्व हुने खालको कार्य गर्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ंसंघले  निर्वाचन मिति आगामी फागुन १४ गते तोकेको छ ।