भारतको अयोध्यामा सोमबार राम मन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली झापाको बिर्तामोडमा पनि देखिएको छ ।  प्राण प्रतिष्ठाको सुखद अवसरमा बिर्तामोड ५ स्थित कृषिथोकमा पनि विविध धार्मिक कार्यक्रम गरिएको हो ।  

कृषिथोक बजार व्यवसायी परिवारले आयोजना गरेको कार्यक्रममा हिजो सोमबार बिहान कृषिथोक बजार हुंदै दुर्गा मन्दिर र पुःन पुजा स्थल सम्म पुजा आरती , दिनको १ बजे ३ बजे पश्चात अखण्ड भजन (अष्टजाम २४ घण्टा) सांझ पुजा आरती , गंगा आरती, दिप प्रज्वलन ,आज मङ्लबार पुजा आरती, प्रसाद ग्रहण, सांझ पुजा आरती, भजन सन्ध्या सांझ गरिरहेको आयोजक समितिका उप संयोजक दिपक शाहले जानकारी दिए । 

WhatsApp Image 2024-01-22 at 22.31.10

शाहका अनुसार भोली बुधबार बिहान ९ बजे पुजा आरती हवन, प्रसाद वितरण पश्चात ११ बजे मुर्ती बिसर्जन गरिने कार्यक्रम तय भएको छ ।  

भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरमा रामलला (भगवान रामको बाल स्वरुप)को मूर्तिको प्राण प्रतिष्ठा गरिएको हो ।  धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवम् वैदिक विधि विधानमार्फत् मूर्तिको प्राण प्रतिष्ठा गरिएको र सोहि खुसीयालीमा कृषिथोक बजारका व्यवसायी एकजुट भएर श्री रामसीता पुजनोत्सव कार्यक्रम भब्य रुपमा गरिएको शाहले बताए ।  उक्त कार्यक्रम उद्धघाटनको अवसरमा बिभिन्न राजनीतिक दलका प्रतिनिधि , संघ संस्थाका प्रतिनिधि सहित बिभिन्न धार्मिक ब्यक्तित्वहरु सहभागि भएका थिए ।  

प्राण प्रतिष्ठाको कर्मकाण्डमा सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि सरिक भएका थिए ।