झापा विद्युतीय व्यवसायी संघको अध्यक्षमा डिल्लीराम बाराकोटी चयन भएका छन् । 

संघको शनिबार निचाझोडा सिमसार तथा पर्यटकीय क्षेत्र चारआलीमा भएको दशौं साधारणसभा तथा तेस्रो अधिवेशन बाट बाराकोटी २ बर्षे कार्यकालकालागि निर्विरोध चयन भएका हुन् ।

त्यस्तै संघको उपाध्यक्षमा अम्बरबहादुर कार्की, सचिव रोशन बस्नेत, सह–सचिव दिनेश भट्टराई, कोषाध्यक्ष विवेक अग्रवाल सर्वसम्मत चयन भएका हुन् ।  

IMG-20240128-WA0022

त्यस्तै संघको सदस्यमा अरुण प्रधान , विवश न्यौपाने, रोहित अग्रवाल, उत्सव बांस्तोला, बिदुर कार्की र खगेन्द्र कार्की चयन भएका छन् । 

नव निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक दिपेन्द्र कटुवालले  प्रमाणपत्र प्रदान संगै  खादा माला पहिराएका थिए । 

कटुवालको संयोजकमा रहेको प्रितिमकुमार धमाला, खगेन्द्र ढुङ्गाना निर्वाचन समितिले उनीहरूलाई सपथ गराएका थिए ।

नेपाल विधुतीय महासंघको महासचिव गोपाल अग्रवालको प्रमुख आतिथ्यता तथा संघको अध्यक्ष भक्तिप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघको उपाध्यक्ष नरमाया बाराकोटीले गरेकी थिईन ।

कार्यक्रममा प्रमुख अतिथि अग्रवाल, महासंघको सदस्य शंकर पोखरेल, मोरङ इलेक्ट्रिक संघको राजेश अग्रवाल, दमक बिधुतीय संघको अध्यक्ष दिपक बराल , बिर्तामोड उधोग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मनतब्य राखेका थिए । 

कार्यक्रमको सन्चालन संघको सचिव अम्मर बहादुर अधिकारीले गरेका थीए