बिर्तामोड ।
झापाको बिर्तामोड–५ स्थित हनुमान कमप्लेकक्स नजिकैबाट एक वृद्धालाई झुक्याएर एक समुहले डेढ तोलाको सुनको ब्रासलेट र औठी लुटेका छन् ।
आइतवार (आज) दिउंसो १ः३० बसेको समयमा ७१ बर्षिया बिष्णुमाया सुबेदीले लगाएको सुनको डेढ तोलाको ब्रासलेट र औठी दुई तीन जनाको अपरिचित समुहले लुटेर फरार भएको प्रहरीले जनाएको छ ।
वृद्धालाई झुक्याएर सुन जस्तो देखिने नक्कली ढिक्का दिएर उनले लगाएको सुन लिएर फरार भएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटना प्राप्त हुन साथ फरार रहेका लुटेराहरुको खोजतलास प्रहरीले गरिरहेको गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।