झापाको बिर्तामोडमा साइकल यात्रा भएको छ । क्यान्सर रोगविरुद्ध सचेतना जनाउने उद्देश्यका साथ आज साइकल यात्रा  गरिएको हो । 

बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलबाट सुरु भएको साइकल यात्रा मातामन्दिर शनिश्चरे हुँदै चारपाने भएर पुनः हस्पिटलमै आएर टुंगिएको थियो ।

क्यान्सरको जोखिम घटाउने तथा मानसिक तथा शारीरिक रुपमा स्वस्थ रहन साइकल यात्रा गर्न प्रोत्सहान गर्न कार्यक्रम आयोजना गरिएको पुर्वाञ्चल अस्पतालका  जनसम्पर्क अधिकृत प्रमिस गिरीे जानकारी दिए ।


पूर्वाञ्चल क्यान्सर हस्पिटल, नेपाल क्यान्सर फाउन्डेसन, रोट्र्याक्ट क्लब अफ बिर्तामोड मिड टाउन र प्याक एन्ड प्याडलसँगको सहकार्यमा यात्रा आयोजना गरिएको हो ।