झापा ् नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहादको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।  झापाको झापा गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभा हलमा सम्पन्न जिल्ला अधिवेशनले जलाल अलीको नेतृत्वमा १२ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । नयाँ समितिले थप तीन जना सदस्य मनोनय गर्दै १५ सदस्यीय कार्यसमिति गठन गर्ने जनाइएको छ ।

 संगठनको उपाध्यक्षद्वयमा मुर्सेद अली र साविर अन्सारी, सचिवमा नविना खातुन, सहसचिवद्वय मोहम्मद इस्लाम र इसाक आलम चयन भएका छन । त्यसैगरी सदस्यहरुमा नेहा खातुन, अख्तर आलम, मनेरुल हक, जाकिर हुसेन, समिना खातुन र समसाद मियाँ सर्वसम्मत रुपमा चयन भएको संगठनको प्रदेश उपाध्यक्ष साजेमान शेखले जानकारी दिए  ।

 कार्यक्रममा संगठनका केन्द्रिय सचिव अप्रोच खान, संगठनका प्रदेश कमिटी अध्यक्ष आजिम आलम, उपाध्यक्ष साजेमान शेख, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवं क्षेत्र नं।४ का ईञ्चार्ज चन्द्रकुमार शेर्मा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।  

संगठनका कार्यवाहक अध्यक्ष साविर अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय महासचिव एवं नेकपा एमालेका केन्द्रिय सदस्य तैयव हुसेनको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । सचिव जलाल अलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव मुर्सेद अलीले गरेका थिए ।