प्रेस चौतारी नेपाल झापाले २६ औं स्थापना दिवस मनाएको छ । बिर्तामोड –७ स्थित शहीद नेत्र पार्कमा आज चौतारीले विविध कार्यक्रम गर्दै स्थापना दिवस मनाएको हो । 

चौतारीले दुई दशक अघि संगठनको नेतृत्व गरेका अग्रज तोयानाथ दाहाल उपेक्षितलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । 

त्यस्तै सोहि अवसरमा बिरामी भएका पत्रकारलाई उपचार कोषको रकम बितरण, निःशुल्क आँखा स्वास्थ्य शिविरसहित वनभोज कार्यक्रम गरेर स्थापना दिवस मनाएको प्रेस चौतारी झापाका उपाध्यक्ष प्रदिप परियारले जानकारी दिए ।  

8a5583f7-bb80-4826-9b0c-270b8f528c6b

चौतारीले स्थापना गरेको पत्रकार उपचार कोषबाट विरामी भएका पत्रकार उद्धव पुरी, तुलसीप्रसाद निरौला र सावित्रा दाहाललाई जनही ५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ । त्यस्तै बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा पत्रकारहरुको निःशुल्क आँखासमेत परिक्षण गरिएको थियो । 

6609c5e1-f14d-42fe-aad2-e72c4be3cf2c

चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षता तथा  नेकपा एमाले स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । चौतारी झापाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रदिप परियाले स्वागत गरेको कार्यक्रममा 

प्रमुख अतिथि तुम्बाहाम्फे, एमाले केन्द्रिय सदस्य मेनुका काफ्ले, एमाले झापा सचिव शिव ढुङ्गेल, प्रेस काउन्सिलका सदस्य गणेश पोखरेल, नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य, महासंघका कोशी प्रदेश कोषाध्यक्ष बिमल लामिछाने, झापा सचिव डिकेश लामा, प्रेस युनियन केन्द्रिय सदस्य रेजिना गौतमलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संगठनका झापा कोषाध्यक्ष तीलक योञ्जनले गरेका थिए ।