बिर्तामोड  : झापाको बिर्तामोड–१ स्थित मनकामना माध्यमिक विद्यालयले  आफ्नौं २५ औं बार्षिकोत्सव मनाएको छ । आज सोमवार स्कुल परिसरमा बिविध कार्यक्रम गरेर कलेज तथा विद्यालयले बार्षिकोत्सव मनाएको हो ।  

बार्षिकोत्सवका अवसरमा स्कुलले दुई दिनको कार्यक्रम आयोजना गरेको जनाइएको  छ । आज कक्षा नर्सरीदेखि १० सम्मका बिद्यार्थीले बिभिन्न प्रकारका सांस्कृतिक कार्यक्रम गरेका  छन् भने भोली मंगलबार कक्षा ११ देखि डिप्लोमासम्मका बिद्यार्थीहरुले बिविध कार्यक्रम गर्ने स्कुलका प्रिन्सिपल केशव ढुङ्गानाको भनाई छ ।  

कार्यक्रममा कक्षा नर्सरीदेखि १० सम्मका बिद्यार्थीले बिभिन्न सांस्कृति झल्कने गीतमा सन्देश सहितको आ–आफ्नो प्रस्तुती  राखेका  थिए । 

e43443e4-f991-43e8-b44b-0bcf937a1e15

बार्षिकोत्सवका अवसरमा बर्ष उत्कृष्ट शिक्षक , उत्कृष्ट अभिवावक सम्मान गरिएको थियो ।  बर्ष उत्कृष्ट शिक्षक सम्मानका रुपमा शिक्षिका बन्दना अधिकारी, उत्कृष्ट अभिभावकका रुपमा रोधराज भण्डारी, अम्बिका अधिकारी, राजकुमार आङदम्वे  र लक्ष्मीमाया लिम्बु, (इधिङ्गो) लाई सम्मान गरिएको स्कुलका प्रिन्सिपल केशव ढुङ्गानाले जानकारी दिए । 

7e860b49-dc5f-482a-b447-56d4278fb4f0

बिद्यालयका सञ्चालक कुमार बस्नेतको अध्यक्षता तथा प्याब्सन झापा अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यतामा आज को कार्यक्रम सम्पन्न भएको हो । विद्यालयका शिक्षक ओम कडरियाले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि फागोले शुभकामना मन्तव्य राखेका थिए । 

समारोहलाई सम्बोध गर्दै उनले पढाइको अबला विद्यार्थीले अतिरिक्त क्रियाकलापबाट पनि भबिष्य बनाउन सक्ने भन्दै त्यसकालागि अभिभावकले आफ्ना नानीहरुलाई हौसला र सहयोग गर्न आवश्यक भएको औंल्याएका थिए ।  

कार्यक्रममा प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल, हिसान सचिव देवेन्द्र हुमागाई, बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापा अध्यक्ष सरोज पौडेल, बिद्यालयका सञ्चालकहरु  आतिथ्य रहेको थियो । 

हाल बिद्यालयमा कक्षा नर्सरीदेखि १० सम्म ७ सय बिद्यार्थी अध्ययनरत छन् भने शिक्षक तथा कर्मचारी गरी ५० जना कार्यरत रहेको जनाइएको छ । त्यस्तै कलेजतर्फ १ हजार २ सय बिद्यार्थी र ७१ जना शिक्षक तथा कर्मचारी रहेको कलेज प्रशसानले जनाएको छ ।