इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेललाई नेपालमा भव्य स्वागत गरिएको छ । आज सोमबार कांकरभिट्टा स्थित  मेचीपुल हुँदै नेपाल आइपुगेकी उनलाई सर्वसाधारणदेखि बिभिन्न संघसंस्थाले स्वागत गरेका हुन्  ।

उनलाई  फूलमाला सहित झाँकी र ¥यालीसहित गाडीमा चढाएर धुलाबारी, चारआली हुँदै विर्तामोड र अर्जुनधारामा उनलाई परिक्रमा गराउँदै स्थानीयले पुष्पगुच्छा र फूलमालाले स्वागत गरेका थिए  । सम्मानको क्रममा झापाको बिर्तामोडमा साहित्य चौतारी झापाका संरक्षक , अध्यक्ष तथा होटल हिकोलाका सञ्चालक देबीभक्त श्रेष्ठले सम्मान गरेका थिए । 

425496007_2727954390694963_8383264026989937884_n

इण्डियन आइडलको सिजन १४ को अन्तिम १० बाट मेनुका आइतबार बाहिरिएकी थिइन् । उनले शोको क्रममा चर्चित ‘सलार’बाट भारतीय फिल्ममा डेब्यु गरिन् । शोले उनलाई निकै चर्चा दिलायो । उनले अबको एक वर्षसम्म आफू फिल्म, रेकर्डिङ र कन्सर्ट गायनमा व्यस्त हुने समेत बताएकी छन् । झापामा आयोजित स्वागत कार्यक्रममा बोल्दै मेनुकाले आफूलाई नेपाली संगीतले संघर्ष गर्नुपर्छ भनेर सिकाएको बताइन् । उनले यहाँसम्म आइपुग्नु नसोचेको सफलता भएको समेत बताइन् ।

7c31db3c-8923-4e9f-865e-6b3262935091

उनलाई हल्दीबारी गाउंपालिकाले नगद ४५ हजार सहित कदर पत्रले सम्मान पनि गरेको छ । वडा नम्बर ४ निवासी गायीका पौडेललाई पालिका अध्यक्ष रबिन्द्र लिङ्देन उपाध्यक्ष लक्ष्मीदेबी मैनाली, ५ नम्बरैका वडाध्यक्ष सहित कर्मचारीहरुले सम्मान गरेका हुन् ।