झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ को देवभूमी बिध्यापथ बोडिङ स्कलले बिविध कार्यक्रम गरेर १७ औं बार्षिकोत्सव मनाएको छ ।  स्कुलले शुक्रवार ९आज० बिद्यालय परिसरमा सांस्कृतिक कार्यक्रम अन्तरगत नृत्य, गीतसंगीत, सम्मानलगायतका कार्यक्रम गरेर बार्षिकोत्स मनाएको हो ।

स्कुलका संस्थापक तथा अध्यक्ष सुमन शर्मा जमरकट्टेलको अध्यक्षतामा भएकोे कार्यक्रमको अर्जुनधारा–५ का वडाध्यक्ष तथा प्रमुख अतिथि गीताराज खड्का ९हरि० को प्रमुख आतिथ्य रहेको थियो । 

कार्यक्रममा प्याब्सन अर्जुनधारा नगर अध्यक्ष रुद्रप्रसाद सिटौला, आदिवासी जनजाती महासंघ झापा अध्यक्ष पाण्डपलाल चौधरी, अर्जुनधारा जेसीज अध्यक्ष बसन्त बुढाथोकी, प्रथना भवन मण्डली बिर्तामोडका गंगाबहादुर आले, सत्सङ्ग मन्दिर बैशावारीका अध्यक्ष रोशन बस्नेत, रोटरी क्लब अफ मिडटाउन बिर्तामोडका अध्यक्ष नविन उप्रेती, नेपाल शैक्षिक परामर्श संघ झापा अध्यक्ष रोशन सुवेदी, गोर्खा फाउण्डेशनका संस्थापक वीरु दर्नाल, सामाजिक ब्यक्तित्व कृष्ण पौडेल, नेवाः देय दबु कोशी प्रदेश अध्यक्ष, पूर्व शिक्षक राजेन्द्र प्रसाईलगायतको आतिथ्य रहेको थियो ।

वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरुले गीत, नृत्य, रायम्स, सांस्कृतिक फेशन सो, कविता प्रस्तुत गरेका थिए । कार्यक्रममा अभिभावक माया खतिवडा र मिलनकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालयका प्रधानाध्यापक सरोज पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन विद्यार्थी प्रज्वल संग्रौला र विनिता आचार्यले संयुक्त रुपमा गरेका थिए ।