बिर्तामोड  : बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उत्पादन गरेको पानीलाई चिस्यान गरी जारमा बिक्रि गर्ने योजना रहेको जनाएको छ । 

उपभोक्ताको मागलाई ध्यानमा राखी संस्थाले उत्पादित पानीलाई चिस्यान गरि बजारमा पुर्याउने  भावी योजना रहेको आज आयोजित २१ औं साधारणसभामा संस्थाका अध्यक्ष मेघराज बांस्तोलाले प्रतिवेदन मार्फत जानकारी दिए । संस्थाबाट उत्पादित पानी  गुणस्तरीय भएका कारण संस्थाले यो अभियान अघि सारेको हो । 

WhatsApp Image 2024-02-10 at 02.08.05 (2)

संस्थाको नीति तथा कार्यक्रममा पाइप लाइन विस्तार, पुरानो पाइप लाइनमा नयाँ पाइप नेटवर्किङ गर्ने, खानेपानीको महसुल समायोजन गर्दै लाने, संस्थाको गतिविधिलाई डिजिटल प्रणालीमा लैजाने, पानीको माग बढेकाले बसपार्क क्षेत्रमा एउटा ओभरहेड टङ्की निर्माण गरी अत्याधुनिक डिप बोरिङ जडान गर्ने, सेवा पुर्याउन नसकेको बिर्तामोड क्षेत्रका सबै स्थानमा पानी वितरण सेवा

WhatsApp Image 2024-02-10 at 02.08.05 (1)

विस्तार गर्ने, संघ संस्थाहरूसँग को सहकार्यमा सार्वजनिक धारा जडान गर्ने, बिर्तामोड ३ स्थित सैनिक मोड, विराटपोखर क्षेत्रमा जग्गा खोजी गरि अर्को योजना निर्माण गर्ने, हाललाई बिर्तामोड मुक्तिचोकमा वाटर एटिएम स्थापनामा लागि सरकारी तथा निजी क्षेत्रसँग सहकार्य गर्ने लगायत २१ वटा महत्वपूर्ण भावी योजनाहरू संस्थाले अघि सारेको अध्यक्ष बांस्तोलाले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । 

WhatsApp Image 2024-02-10 at 02.08.05

संस्थाको कोषाध्यक्ष शारदा रिजालले गत आर्थिक वर्षमा विभिन्न शीर्षक अनुसार ७ करोड ६३ लाख ७ हजार २४१ रुपैयाँ आम्दानी गरेको र कुल आय मध्येबाट ४ करोड ३४ लाख ५९ हजार ४९९ रुपैयाँ खर्च गरेर १ करोड ६३ लाख ९८ हजार ७७२ रुपैयाँ बैंकमा मौजात रहेको प्रतिवेदन प्रस्तुत गरिन । 

राष्ट्रियसभा सदस्य गोपालकुमार बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत गरेका थिए ।     

संस्थाको निवर्तमान अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङ, बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड नगर निवर्तमान प्रमुख ध्रुुब कुमार शिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाको सचिव पारसमणि मैनालीले  गरेका थिए ।