बिर्तामोड । झापाको काँकडभिट्टास्थित होटल हिकोला हेरिटेजल् चौथो वर्ष पुरा गरी पाँचौं वर्षमा  प्रवेश गरेको छ । उक्त अवसरमा साहित्य चौतारी झापाले सांगीतिक काव्य सभासहित नेपाल र भारतका पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन गरेको छ ।

 साहित्य चौतारी झापाको रजत वर्ष महाअभियान अन्तर्गत सांगितिक काब्यसभासहित नेपाल र भारतका पाँच जना अग्रज श्रष्टालाई अभिनन्दन गर्नुका साथै  नेपाली साहित्य तथा साँगीतिक क्षेत्रमा अतुलनिय योगदान पुर्याउने अमर सर्जक स्वरसाम्राज्ञी  अरुणा लामाको स्मृतिमा श्रद्धासुमन अर्पणसहित उनका सृजना र अन्य सृजना प्रस्तुत गरिएको हो ।

होटल हिकोला हेरिटेजका प्रवन्ध निर्देशक तथा साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा  साहित्य चौतारी झापाका सल्लाहकार साहित्यकार हरिनारायण भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  होटल हिकोला हेरिटेजका प्रवन्धक तथा साहित्य चौतारी झापाका सहसंरक्षक सचिव तथा कार्यक्रम संयोजक गौरव श्रेष्ठले स्वागत गरेका थिए  । २०७६ साल माघ २६ गते होटल हिकोला हेरिटेज काँकडभिट्टाको स्थापना गरिएको थियो ।

कार्यक्रममा भारतका नेपालीभाषी  अग्रज श्रष्टाहरु वरिष्ठ साहित्यकार तथा दीर्घ सञ्चार उद्यमी मिमलाल सापकोटा , वरिष्ठ साहित्यकार युवराज काफ्ले, वरिष्ठ साहित्यकार तथा चलचित्र लेखक मुक्ति उपाध्याय बराल, र नेपालका साहित्य चौतारी झापाका सस्थापक सदस्य तथा साहित्य चौतारी झापाको प्रथम वार्षिकोत्सवका प्रमुख अतिथि राष्ट्रकवी माधवप्रसाद घिमिरेलाई प्रथम निमन्त्रणा पत्र लेखक संविधान सभा सदस्य भक्त खपाङ्गी र साहित्यकार साहित्य चौतारी झापाकी सस्थापक सदस्य विमला तुम्खेवालाई अभिनन्दन गरिएको थियो ।

उनीहरुलाई साहित्य चौतारी झापाका सल्लाहकार संयोजक तथा रजतवर्ष कृति विशेषाङ्कका सम्पादक राजेन्द्र संग्रौला,सल्लाहकार अनिरुद्र ओली, कानूनी सल्लाहकार कृष्णप्रसाद पौडेलले बाचन गरेको अभिनन्दन पत्र, माला, खादा अर्पण गरिएको थियो ।