श्री हरिभक्त सेवा संघ अर्जुनधारा शाखाको अध्यक्षमा पुःन शान्ता भट्टराई बिष्ट चयन भएकी छन् । आज समपन्न चौथो बार्षिक साधारण सभाबाट ३ बर्षे कार्यकालकालागि दोस्रो पटक  अध्यक्ष बिष्टको नेतृत्वमा नयां कार्य समिति चयन भएको हो । 

समितिको उपाध्यक्षमा रतन पौडेल, सचीवमा प्रशुराम भट्टराई सह सचीवमा नरेश भट्टराई ,कोषाध्यक्ष्मा मिना बस्नेत चयन भएका हुन् । त्यस्तै समितिको सदस्यहरुमा डिल्ली प्रसाद डांगी 

पबित्रा कुवर , सन्दीप बस्नेत , रिता सुवेदी , दिल माया भट्टराई ,भुपेन्द्र बिष्ट ,बाल कृष्ण चौहान, नन्द मान ( नरेश ) भट्टराई ,सुमित्रा भट्टराई , नारायण थापा, ओमा देबि बस्नेत, दिपा थापा चयन भएका हुन् । 

427021939_3013768568754583_3875813809574361560_n

साथै नयाँ कार्यसमितिले धार्मिक समिति पनि गठन गरेको छ । धार्मिक समितिको अध्यक्षमा लक्ष्मी बस्नेत ,उपाध्यक्षमा टीका राम चिमरिया ,सचीवमा खगेन्द्र चौहान ,सह सचीवमा चन्द्र बहादुर बस्नेत, कोषाध्यक्षमा मन माया पौडेल चयन भएका छन् ।  त्यस्तै समितिको सदस्यहरुमा कुमार थापा, सदस्य , टेक बाहादुर बस्नेत ,  माया भट्टराई ,शिला भट्टराई , धन बहादुर चिमरिया ,शिव बस्नेत ,नेत्र भट्टराई ,ठाकुर बस्नेत ,चन्द्र बहादुर बस्नेत ,इन्द्र माया बस्नेत ,जित बहादुर भट्टराई कमल बानियाँ चयन भएका छन् । 

    त्यस्तै लेखा समितिको संयोजकमा लिला पौडेल , सदस्यमा   शिला थापा र  तपन बस्नेत चयन भएका छन् । 

समितिको नि वर्तमान केन्द्रिय अध्यक्ष सत्यनाथ भट्टराईको प्रमुख आतिथ्यता तथा बिष्टको अध्यक्षतामा उद्धघाटन समारोह भएको थियो ।