काँकरभिट्टा : पूर्व मेची बस व्यवसायी प्रालिको अध्यक्षमा राजेन्द्र रिजाल चयन भएका छन् । चौथो वार्षिक साधारण सभाबाट रिजाल ४ वर्षे कार्यकालका लागि सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
उनी यसअघि प्रालिको प्रबन्ध निर्देशकको जिम्मेवारीमा थिए । निर्वाचन समितिका संयोजक मोहनप्रकाश उप्रेतीका अनुसार प्रा.लिको सदस्यहरुमा कृष्ण काफ्ले, प्रितम काफ्ले, बालकुमार बिष्ट, दुर्गाराम अर्याल, दिपक तामाङ, राजीव घिमिरे, कपिल थापा क्षेत्री, मन्दिरा शिवाकोटी टेकबहादुर प्रधान , केशब गिरी निर्वाचित भएका छन् ।
प्रालिको शुक्रवार वार्षिक साधारण सभा सम्पन्न भएको थियो । उद्धघाटन कार्यक्रममा मेचीनगर नगर प्रमुख गोपाल चन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।