झापाको शिवसताक्षी नगरपालिका–९ स्थित संगमचोकमा कोशी ‘प्रदेशकै ठूलो’ र सुविधा सम्पन्न इन्द्रेणी पेट्रोल पम्प सञ्चालनको अन्तीम तयारी छ ।
झापाका दुई युवा व्यवसायी दिपक चापागाईं र जनक कार्कीको ११ करोड रुपैयाँको लगानीमा अन्तर्राष्ट्रिस्तरको अत्याधुनिक पेट्रोल पम्प सञ्चालन आउन लागेको हो । पम्प निर्माणको करिब ९९ प्रतिशत काम सकिएको सञ्चालक चापागाईंले बताए ।
एसियन हाइवेसँग जोडिएको पम्प एक बिघा क्षेत्रफलमा निर्माण गरिएको छ । पम्पबाट एकै पटकमा आठ वटा सवारी साधन इन्धन भर्न सकिनेछ । पम्प हाताभित्र मिनिमार्ट, रेष्टुरेन्ट, कफी सप, लुब्रिकेन्ट सप, भेहिकल सर्भिस सेन्टर, अपाङ्गमैत्री शौचालय, बैंक एटिएम, स्नान गृहसमेत रहने अर्का सञ्चालक कार्कीको भनाई छ ।