चारपाने ।
फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाको पाँचौ जिल्ला अधिवेशन तथा छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

आज बिर्तामोड–२ स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा संघको पाँचौ जिल्ला अधिवेशन तथा छैटौं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

_1736908732.jpg)
संघका अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षता तथा कोशी प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत संघका झापा वरिष्ठ उपाध्यक्ष रोहित आचार्यले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि कार्की, फर्निचर ब्यवसायी महासंघका अध्यक्ष युवराज पौडेल , झापाको संस्थापक अध्यक्ष टेकबहादुर खजुम, ललितपुर जिल्ला अध्यक्ष राजेश थापा, बन पैदावर महासंघ झापाका वरिष्ठ उपाध्यक्ष युवराज दाहाल, बिर्तामोड उधोग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने, दमक नगर अध्यक्ष युवराज पाठकलगायले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन झापा सचिव दिनेश सुवेदीले गरेका थिए ।

सोही कार्यक्रमकाबिच उत्कृष्ट जिल्ला कार्यसमिति सदस्यका रुपमा लीला बन, केन्द्रिय उपाध्यक्ष खगेन्द्र खरेल, उत्कृष्ट नगरका रुपमा गौरादह नगर, उत्कृष्ट फर्निचर ब्यवसायीका रुपमा रेनुका ओलीलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा बनपैदावर महासंघ झापा सचिव छत्रबहादुर कार्की, नेपाल दशनामी समाज कोशी प्रदेश उपाध्यक्ष शारदा गिरी, संघका नगर तथा गाउँपालिका अध्यक्ष तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । अबिधेशनले नयां नेतृत्व चयन गर्ने जनाइएको छ ।