बिर्तामोड २ स्थित वीर अमरसिंह माध्यमिक बिद्यालय पुर्व विद्यार्थी समाज गठन गरिएको छ ।  बिद्यालय शनिबार एक कार्यक्रमको आयोजना गरि वीर अमरसिंह पुर्व विद्यार्थी समाज गठन गरिएको बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष एवं वडाध्यक्ष किशोरकुमार पौडेलले जानकारी दिए । 

६७ औं बार्षिक उत्सव मनाईसकेको बिद्यालयले भौतिक संरचना एंव ब्यबस्थापनको पक्षमा उल्लेख उपलब्धि हासिल गरेको छ । सो बिद्यालयमा अध्ययन गरेर बाहिरिएका विद्यार्थी लाई एकता बद्द गर्न समाज गठन गरिएको बताईएको छ ।  भेलाले पुर्व विद्यार्थी एंव व्यावसायि केदार गिरिको अध्यक्षतामा ११ सदस्यीय समिति समेत गठन गरेको हो ।

कार्यक्रममा बोल्दै अध्यक्ष गिरिले बिद्यालयको भित्री प्राङ्गणमा पेवर्स लगाउने  ब्यक्तिगत ५ लाख १ हजार उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै सो काम सम्पन्न गर्न आफै लागि पर्ने बताए ।

IMG-20240210-WA0020 (1)

बिद्यालय ब्यबस्थापन समिति सदस्य धर्म लक्सबाले स्वागतगरेको कार्यक्रममा किरण पौडेल ,लिला सिलवाल ,सीता मिश्र ,गंगा सिलवाल लगायतले बिद्यालय सर्वाङ्गिण बिकासका लागि अभियान संचालन गर्ने र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । 

बिद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारीले गरेको  कार्यक्रममा २ सय पुर्व विद्यार्थीको उपस्तिथि रहेको थियो ।  

पेवर्स बिक्षाउन ५ लाख १ हजार रुपैयाँ दिने घोषणा गरे ।