चारपाने । 

फर्निचर तथा फर्निसिङ ब्यवसायी संघ झापाको पाँचौ जिल्ला अधिवेशनबाट अध्यक्षमा रोहित आचार्य सर्वसम्मत चयन भएका छन् । समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल खनाल, उपाध्यक्षमा लीला बन, महासचिवमा कृष्ण शर्मा, कोषाध्यक्षमा कुमार शर्मा सर्वसम्मर्त चयन भएका छन् । 

WhatsApp Image 2024-02-11 at 07.31.56 (4)

झापाको बिर्तामोड–२  स्थित चारपानेको पर्शुराम पार्टी प्यालेसमा भएको अधिवेशनले आइतवार नयाँ नेतृत्व चयन गरेको हो । 

त्यस्तै समितिको सदस्यमा बिजय कुँवर, सत्रुधन ठाकुर, राजन राजवंशी, रामनरेश शर्मा, गणेश उप्रेती, सुरेश शाह, शिवकुमार बिमली चयन भएका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिएका छन् ।