झापा 

अर्थमन्त्री डा. प्रकाशशरण महतले मेची भन्सार कार्यालयको निरीक्षण गरेका छन् । उनले आइतबार कार्यालयको निरीक्षण गरेका हुन् । उनले सो क्रममा बैध व्यापारलाई प्रोत्साहन गर्न र अबैध व्यापारलाई निरुत्साहित गर्न मेची भन्सार कार्यालयलाई निर्देशन दिएको भन्सार अधिकारी बताउंछन् ।  

भन्सार कर्मचारीहरुलाई सो निर्देशन दिंदै उनले लक्ष्य अनुरुपको राजस्व संकलन गर्न कडाईका साथ लागि पने निर्देशन दिएका थिए । 

मेची भन्सार प्रमुख रामप्रसाद रेग्मीले भन्सारको बर्तमान अवस्थाको बारेमा मन्त्री महतलाई जानकारी गराएका थिए । 

सो अवसरमा व्यापारी, उद्योगी र व्यवसायीहरुको समेत उपस्थिति रहेको थियो । 

त्यसै गरी अर्थमन्त्री महतले भद्रपुर भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय भद्रपुरको समेत निरीक्षण गरेका थिए । उनले सीमा क्षेत्रबाट हुने चोरी, पैठारी नियन्त्रणका लागि भन्सार कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राजस्व कार्यालयलाई समन्वय गरेर कडाईका साथ लाग्न आग्रह गरे ।