बिर्तामोड । बिर्तामोड ५ स्थित एमिटी एजुकेशन फाउण्डेशनले २५ औं वार्षिकोत्सव बिविध कार्यक्रम गरेर मनाएको छ ।   फाउण्डेशनले आइतवार र सोमवार विविध सांस्कृतिक कार्यक्रम का साथ बार्षिकोत्सव मनाएको हो ।   

बार्षिकोत्सव अन्तरगत आइतवार कक्षा नर्सरीदेखि १० सम्मका बिद्यार्थीहरुले नृत्य, गायन,  नाटक लगायत प्रस्तुती राखेका थिए । साथै  बिभिन्न ब्यक्तित्वहरुलाई सम्मानलगायतका कार्यक्रम गरिएको थियो । सोमवार (आज) कलेजका बिद्यार्थीहरुले बिविध कार्यक्रम गरेर बार्षिकोत्सव मनाएका हुन् ।  

634f78a3-1fff-4b5a-a15e-8c2f06697b1b

कलेजका बिद्यार्थीहरुले नृत्य, गायन, कविता बाचन, र्याम्प वाक, सामुहिक नृत्य, जोडी नृत्य र नाटकलगायतका मनोरन्जानात्मक कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको प्रिन्सिपल राधेश्याम ढकाल (आरएस) ले जानकारी दिए । 

 बिद्यार्थीको अन्तरर्निहित क्षमतालाई प्रस्फुटन गराउने उदेश्यले सन्देशमुलक तथा पहिचान झल्कने सांस्कृतिक कार्यक्रम आयोजना गरिएको  कलेजका को–अडिनेटर बिनोद शाहले जानकारी दिए । 

सोही कार्यक्रममा हिसान झापाद्धारा आयोजित भलिवल प्रतियोगितामा तृतीया स्थान हासिल गर्न सफल बिद्यालयका छात्राहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । 

त्यस्तै गायन, नृत्य, उद्घोषण, भाषण र सम्भावित बिद्यार्थीहरुलाई बिद्यालयले सम्मान समेत गरेको छ ।  गायनमा प्रथम रितिशा रिजाल र सान्तवना चिराग आलेमगर,  नृत्यमा प्रनिशा श्रेष्ठ, राहिस्ता पोखरेल र बिद्या राई, भाषणमा शिला दास र उद्घोषणमा दिपास्न मैनाली, रुपक गौतम र एभिगेल राईलाई पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । 

संगीतको निर्णायकमा कृष्ण योञ्जन, नृत्यको निर्णायकमा बिक्रम गेलाल र वक्तृत्वको निर्णायकमा अशोक गणेश रहेका थिए । निर्णायक मण्डलीको आधारमा बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रममा बिद्यालयका प्रिन्सिपल आरएस ढकाल, संस्थापक केशवी शर्मा ढकाल, सरस्वती ढकाल, लक्ष्मी संग्रौला खड्का शेयर सदस्य ममता शाहलगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक दिनेश शर्माले गरेका थिए । 

फाउण्डेशनले प्रत्येक बर्ष यस्ता किसिमका कार्यक्रम गर्दै आएको जनाएको छ ।