आज वसन्त पञ्चमी अर्थात सरस्वती पुजा । यसको धार्मिक महत्व ठूलो रहेको छ । प्रत्येक वर्ष माघ शुक्ल पक्षको पञ्चमीका दिन वसन्त पञ्चमी मनाइन्छ । यस दिन कला, वाणी र विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरिन्छ । देवी माताको पुजा गर्नाले बौद्धिकता बढ्छ र कलात्मक गुण बढ्छ भनिन्छ । यस वर्ष वसन्त पञ्चमी आज बुधबार फागुन २ गते परेको छ ।

देशभरका सरस्वती मन्दिरमा पूजाअर्चना गरेर मनाइंदै छ ।  यसै क्रममा बिर्तामोड ५ स्थित न्युटन्स् एजुकेशन एकेडेमीमा पनि  विद्याकी देवी सरस्वरीको पूजाआज गरेर मनाइंदै छ । 

आज बिशेष पुजा आरधना कार्यक्रमका साथ उमेर पुगेका बाबुनानीहरुकालागि अक्षरारम्भ अभियान चलाएको विद्यालयका प्रिन्सीपल देबेन्द्र हुंमागाईले जानकारी दिए । 

9b95b5b8-835e-4dcf-94b2-15e9dda5fac6

विद्यालय पठाउने तीन बर्ष पुरा भई आउंदो बैशाखमा ४ बर्ष उमेर पुरा पुगेका बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने विद्यालयका प्रिन्सीपल हुंमागांईले बताए । उनले आज विद्यालयमा अक्षरारम्भ गरेको नानीबाबुहरुलाई फागुन र चैत्र सम्म अभिभावकका साथ विद्यालयमा आउने अभ्यास गराइने र बैशाखमा मात्र उनीहरुलाई भर्ना गरिने प्रिन्सीपल हुंमागांईको भनाई छ । यो दुई महिनाको अवधिको विद्यालयले सामान्य खर्च बापत २ हजार शुल्क लिने जनाएको छ ।  उनले बालमैत्री बातावरणमा बालबालिकालाई खेलाउंदै, रमाउंदै अनुभवी शिक्षकबाट शिक्षा प्रदान गरिने बताए । 

विद्यालयले कक्षा नर्सरीमा ३० जना मात्र भर्ना लिने र उनीहरुलाई दुई वटा समुहमा बिभाजन गरेर राख्ने छ । त्यस्तै कक्षा एलकेजीमा ४० जना भर्ना लिने र दुई समुहमा बिभाजन गरिने छ । त्यस्तै युकेजीमा ५० जना भर्ना गरेर दुई समुहमा बिभाजन गरेर विद्यार्थी पठाइने छ । 

विद्यालयमा नर्सरी, एलकेजी, यूकेजीमा गरेर ११५ विद्यार्थी र ५ शिक्षक र ५ जना सिस्टहरु कार्यरत छन् । २०६० सालमा १५० जना विद्यार्थीबाट सुरु भएको विद्यालयमा हाल स्कुल र प्लस टु मा गरी करीब १६ सय विद्यार्थी अध्ययनरत छन् । १६५ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । विद्यालयमा प्लस टु अन्तरर्गत साइन्स र मेनेजमेन्ट बिषयमको अध्यापन हुंदै आएको छ । 

वसन्त पञ्चमीका दिन माता सरस्वतीको जन्म भएको जनविश्वास छ ।  यस अवसरमा विशेष गरी विद्यार्थीले सरस्वती, किताब, कपी, कलम लगायतको पूजा गर्ने गर्छन ।