बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिंकन मन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा आज निःशुल्क भर्ना अभियान संचालन गर्ने जनाएको छ ।
सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै निःशुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ ।
त्यस मन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका विधामा अनुभवी विधागत शिक्षकहरुले अध्यापन गराउने गरेको संचालक सरोज पौडेलले बताए ।
उनले प्रत्येक महिना अभिभावकसंग चियागफ कार्यक्रम संचालन गर्दै अभिभावकको कुरा सुन्ने र गुणस्तरका बिषयमा छलफलका साथ बाल मैत्री बाताबरण निर्माण गर्दै आएको जानकारी दिए । खेलमैदान , बाल उद्यान , विभिन्न प्रकारका खेलौनाको सुविधा रहेको विद्यालयमा विद्यार्थीहरु चाडपर्वमा समेत घर नगई रमाउने गरेको पौडेलको भनाई छ । अभिभावकको माग बमोजिम यातायात तथा अन्य सुबिधाको समेत ब्यबस्थापन गरिएको बिद्यालयले जनाएको छ।