बिर्तामोड :  झापाको बिर्तामोडमा दुई पांग्रे इलेक्ट्रिक सवारी याडिया कम्पनीको स्कुटरको सोरुम सञ्चालनमा आएको छ । 

आज एक संक्षिप्त कार्यक्रमका बीच भद्रपुररोडस्थित विद्युत प्राधिकरण अगाडि रहेको  लक्ष्मण मर्केटमा याडिया कम्पनीको विद्युतीय स्कुटरको सोरुमको उद्धघाटन गरिएको हो । 

426742422_1127136478635295_2224662225440114139_n

वसन्त पञ्चमीको अवसर पारेर सिटौला इन्टरप्राइजेज झापाले  याडिया कम्पनीको स्कुटर बिर्तामोडमा भित्र्याएको हो । उक्त शोरुमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, पूर्वअध्यक्ष बलराम कार्की, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , सचिव कुशल खतिवडा, कोषाध्यक्ष दिपेन्द्र राउत लगायतले संयुक्त रुपमा गरेका थिए  ।

विश्वकै सबैभन्दा ठुलोमध्येको एक इलेक्ट्रिक दुई पांग्रे सवारी साधन निर्माता कम्पनी याडियाका स्कुटर ग्राहकको पहिलो रोजाइमा भएको सञ्चालक गंगाप्रसाद सिटौलाले जानकारी दिए ।  

बिर्तामोडबाट याडियाको इलेक्ट्रिक साइकल र स्कुटर दुवैको बिक्री सुरु गरिएको सञ्चालक निशा उप्रेतीले जानकारी दिइन् । उनले स्कुटरको १ लाख ७० हजारदेखि २ लाख ७५ हजार मुल्य रहेको बताइन । उनले ४ देखि ५ घण्टामा फुल चार्ज हुने र ८० देखि १ सय ७५ किलोमिटर सम्म गुड्ने सञ्चालक उप्रेतीको भनाई छ । 

त्यस्तै मिनि स्कुटरको ९५ हजार रुपैंया मुल्य तोकिएको र त्यसमा १५ हजार छुट रहेको जनाइएको छ । फुल चार्ज भए पश्चात यो ७० देखि ८० किलोमिटर गुड्ने जनाइएको छ ।