धनकुटा : धनकुटाको भेडेटारबाट प्रहरीले आज ६ सय किलो गाँजा बरामद गरेको छ ।  पेट्रोलियम पदार्थ बोक्ने को १ ख ७३२२ नम्बरको ट्यांकरभित्र राखिएको गाँजा प्रहरीले बरामद गरेको हो ।

धनकुटाबाट धरान आउँदै गरेको  ट्यांकरमा लुकाएर लैजाँदै गरेको अवस्थामा आज बुधबार ६ सय केजी  गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय, भेडेटारका इन्चार्ज प्रहरी नायब निरीक्षक जीवनकुमार कार्कीले जानकारी दिए । 

ठुलो परिणामको गांजा सहित मानिस पक्राउ परेसंगै प्रहरी नायब निरीक्षक कार्कीले  आफ्नो क्षमता देखाएको भन्दै उनको कार्य सम्पादन प्रति प्रहरी संगठनले खुसी ब्यक्त गरेको छ । 

WhatsApp Image 2024-02-13 at 23.47.44

कार्की अनुसार २ केजीको दरमा रहेको ३ सय पोका गाँजा बरामद गरिएको छ । साथै उनले  गाँजा तस्करीमा संलग्न रहेको आरोपमा तीन भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरिएको पनि बताए । 

WhatsApp Image 2024-02-13 at 23.47.43

झापा बस्दा पनि प्रहरी नायब निरीक्षक  कार्कीले चन्द्रगढी बिमान स्थल तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा राम्रो कार्य सम्पादन गरेर गएका थिए । अपराध अनुसन्धानमा राम्रो दख्खल र अनुभव भएका कार्कीको कमाण्डमा खटिएको टोलीले बिशेष सुचनाका आधारमा उक्त गांजा बरामद गरेको जनाइएको छ । 

पक्राउ परेका मानिस र ट्यांकरलाई कानुनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको उनले बताए ।

साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।