यहि फागुन १४ गतेकालागि तय भएको बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेदवार घोषणा गरेको छ ।

आज एक कार्यक्रमका बीच संघको निर्वाचनका लागि  अर्जुनकुमार मैनालीको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानलले उम्मेद्वारी घोषणा गरेको हो ।

प्यानलले अध्यक्षमा अर्जुनकुमार मैनाली, वरिष्ठ उपाध्यक्षमा राजकुमार घिमिरे (राजु), उद्योग उपाध्यक्षमा गंगा मैनाली, वाणिज्य उपाध्यक्षमा ओमकृष्ण श्रेष्ठ, जनसम्पर्क उपाध्यक्षमा गोमा भट्टराई, महासचिवमा कृष्ण पौडेललाई उम्मेदवार बनाएको हो । 

त्यस्तै, उद्योग सचिवमा विसन लिम्बू, वाणिज्य सचिवमा कृष्ण चापागाईं, कोषाध्यक्षमा युवराज निरौला र सहकोषाध्यक्षमा निशा कर्ण सोनी उम्मेदवार बनेका छन् ।

त्यस्तै, खुला सदस्यहरुमा शत्रुघन रौनियार, कृष्ण बजगाईं, केदार खनाल, सोहनलाल राजवंशी, राकेश सोहनी, रिता चौधरी, अमिर खानको उम्मेदवार घोषणा गरेको हो । त्यसै महिला सदस्यमा भने चन्द्रा भट्टराई र सुष्मा उप्रेतीको उम्मेदवारी रहने  छ ।

स्वतन्त्र ब्यवसायिक प्यानलले २१ बुँदे प्रतिवद्धतासहित उम्मेद्वारी घोषणा गरेको छ । 

व्यवसायीको हकहितमा काम गर्ने प्रतिवद्धता जनाउदै अध्यक्ष पदका उम्मेदवार अर्जुन मैनालीले रुपान्तरणका लागि स्वतन्त्र व्यवसायीक प्यानललाई मत दिन सबै व्यवसायीलाई आग्रह  गरेका छन् ।

नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीसहित पाँच वटा पार्टीहरुको संयुक्त समर्थनमा बनेको ब्यवसायीहरुको स्वतन्त्र व्यवसायिक प्यानलले  २१ बुँदे प्रतिवद्धता समेत सार्वजनिक गरेको छ । 

निर्वाचन परिचालन समितिका संयोजक एकराज कार्कीको अध्यक्षता तथा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य  उमेश डालमियाको प्रमुख आतिथ्यमा उम्मेद्वारी घोषणा गरिएहो । उम्मेद्वारी घोषणा कार्यक्रममा राप्रपा बिर्तामोड नगर अध्यक्ष रन्जु प्याकुरेलले स्वागत गरेकी थिइन भने कार्यक्रमको सञ्चालन एमाले बिर्तामोड नगर अध्यक्ष सुवास भट्टराईले गरेका थिए ।  


423221438_1091686452108087_1408273751006831359_n