धनकुटा स्थित इलाका प्रहरी कार्यालय भेडेटारमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
२०८० साल माघ महिनाको सर्वोत्कृष्ट प्रहरी वेष्ट पुलिस अफ द मन्थ घोषित गरी कार्कीलाई कोशी प्रदेश प्रहरी कार्यालयले पुरस्कृत गरेको हो ।
ट्राफिक प्रहरी कार्यालय इनरुवा सुनसरीका प्रहरी हवल्दार विशाल प्रधान पनि सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
विभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पु¥याउनुको साथै विभिन्न
जघन्य अपराधमा फरार प्रतिवादीहरुलाई पक्राउ तथा कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरी आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनिय कार्य गरेकोले कोशी प्रदेश प्रहरी कार्यालयले कार्की र प्रधानलाई पुरस्कृत गरिएको हो ।
पुरस्कृत भएका कार्कीले केहि दिन अघि मात्र इन्धन बोक्ने ट्याङकरमा लुकाई छिपाई ल्याएको ठुलो परिणामको ६०० केजी गाँजा सहित ओसार पसारमा संलग्न चार जनालाई पक्राउ गरेका थिए ।