बिर्तामोड ः 

बिर्तामोडमा रहेको ‘द नेक्सट’ एकुजेसन कन्सलट्यान्सीले एक दिने शैक्षिक परामर्श तालिम विद्यार्थीलाई प्रदान गरेको छ ।

अध्ययनका सिलसिलामा विदेश जान चाहने विद्यार्थीका लागि कन्सलट्यान्सीले बिर्तामोडमा आज तयारी कक्षा सञ्चालन गरेको हो । तीन सयभन्दा बढी विद्यार्थीलाई विदेश जानका लागि पराशर्मसहितको तयारी कक्षा सञ्चालन गरेको ‘द नेक्सट’ एकुजेसन कन्सलट्यान्सी बिर्तामोड शाखाका प्रमुख खड्गबहादुर ताम्लिङ लिम्बूले जानकारी दिए ।

WhatsApp Image 2024-02-16 at 05.57.26 (2)

 कन्सलट्यान्सीले अष्टे«लिया, क्यानडा, अमेरिका, युके, न्यूजरल्याण्ड, आयरल्याण्ड जस्ता देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई कन्सलट्यान्सीका कार्यकारी प्रमुख शालिकग्राम भण्डारीले त्यहाँका रहन सहन, वातावरणका विषयमा जानकारी गराएका थिए ।

द नेक्सट एजुकेशनले अध्ययनका लागि विदेश जाने इच्छुक विद्यर्थीहरुलाई सही परामर्श दिने भण्डारीको भनाइको छ । पछिल्लो समय हचुवाका भरमा विदेश जाने होडवाजीले गर्दा धेरै विद्यार्थीहरु ठगिएको घटनाको विषयमा अवगत गराउँदै उनले बुझेर मात्र विद्यार्थीलाई अध्ययनका लागि बाहिर जान अनुरोध गरेका छन् । सेमिनारमा सिनियर काउन्सिलर विवेक विमली र रोशन पौडेलले सहजीकरण गरेका थिए । 

बिर्तामोडमा झापासहित इलाम, पाँचथर र ताप्लेजुङ लगायतका जिल्लाबाट शैक्षिक परामर्शका लागि आउने गरेको उनको भनाइ छ । ताम्लिङका अनुसार बिर्तामोड शाखाबाट स्थापना कालदेखि पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनका लागि विदेश गएका छन् । अनुभवी शिक्षकद्वारा शैक्षिक परामर्श गरिँदै आएको उनी बताउँछन् ।

कार्यक्रममा काउन्सिलर तपश्या बस्नेत, अभिभावक विद्यार्थी लगायतको सहभागिता रहेको थियो । नेपालमा यो कन्सलट्यान्सीका १४ वटा शाखा रहेका छन् भने अष्ट्रेलियामा समेत सम्पर्क कार्यलय रहेको बताइएको छ ।