बिर्तामोड । 

झापाको बिर्तामोडमा यहि फागुन ७ गते कुन्ती मोक्तान सांगीतिक साँझ तथा सम्मान कार्यक्रम गरिने भएको छ ।  प्रमिश इन्टरटेन्टमेन्ट तथा इन्टरनेशनल तामाङ कल्चरल फाउण्डेशनको संयुक्त आयोजनामा मञ्जुश्री सम्मवत् २८६० औं सोनाम ल्होछारको अवसर पारेर तामाङ समुदायको संस्कृति तथा परम्परालाई प्रवर्धन गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको आज बिर्तामोडमा पत्रकार भेटघाट मार्फत आयोजकले जानकारी दिएको हो । 

 आयोजक संस्थाका अध्यक्ष केवल तामाङका अनुसार सांगीतिक साँझ कार्यक्रमसहित गायिका कुन्ती मोक्तान र गीतकार तथा संगीतका शिलाबहादुर मोक्तानलाई सम्मान गरिने छ ।  बिर्सदै गएका श्रष्टाको सम्मानमा तथा उनीहरुलाई उजागर गर्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।  

कार्यक्रममा ५ हजार १० हजार रुपैयाँको प्याकेजका आधारमा तामाङ खानापरिकारसहित सातप्रकारका खानासमेत उपलब्ध हुने बताइएको छ । होटल हेभनको सहकार्यमा हुने कार्यक्रम सोहि होटलमा साँझ ५ बजेदेखि शुरु हुने छ । पत्रकार भेटघाटका होटल हेभनका सञ्चालक भक्तराज भारती, आयोजक संस्थाकी सचिव सुनिता तामाङलगायतको उपस्थिति रहेको थियो ।