अनलाइन सोफा सेन्टरले झापाको  बिर्तामोडमा  आफ्नो शाखा विस्तार गरेको छ ।  पूर्वी नेपालका ग्राहकको मागलाई मध्यनजर गर्दै कम्पनीले बिर्तामोड स्थित धर्मकांटाको  २ सय मीटर उत्तरपट्टि  सोफा तथा फर्निचर स्टोर खोलेको हो ।

 झापा जिल्लाका बिभिन्न क्षेत्रका ग्राहकलाई स्थानीयस्तरमै सेवा दिने उद्देश्यले बिर्तामोडमा  शाखा स्थापना गरिएको बिर्तामोड अनलाइन सोफा सेन्टर प्रालिका सञ्चालक खड्क थापाले जानकारी दिए । 

बिर्तामोड  शाखामा भएका सामान ग्राहकहरुले सीधै फोन गरेर वा अनलाइनबाट अर्डर गर्ने व्यवस्था रहेको जनाइएको छ ।   आसपासका ग्राहकले शोरुम नै पुगेर समेत हेरेर सामान किन्न सक्ने सञ्चालक थापा बताउंछन् । 

उनका अनुसार काठमाडौंमा मात्र उपलब्ध हुने उत्कृष्ट गुणस्तरका सोफा तथा फर्निचर यस क्षेत्रका ग्राहकले अब बिर्तामोडबाटै  खरिद गर्न पाउनेछन् ।

अनलाइन सोफामा बिवाह, घर, अफिसका लागि अर्डर अनुसारका सामाग्री साथै रेडिमेड सोफा , दराज, डाइनिङ टेवल, खाटलगायतका सामाग्री सुपथ मूल्यमा उपलब्ध हुने  शाखा प्रमुख थापाले बताए । 

थापाका अनुसार बिर्तामोड शाखाबाट बिर्तामोड आसपास, काँकरभिट्टा, भद्रपुर, सुरुङ्गा, दमकसहित करिव ४० किलोमिटरसम्म होम डेलिभरीको सेवासमेत उपलब्ध छ । 

गत माघ १२ गतेदेखि अनौपचारिक रुपमा सञ्चालनमा रहेको अनलाइन सोफाको शाखा आज पत्रकार भेटघाट गरी औपचारिक रुपमा सञ्चालन गरेको जानकारी दिइएको हो ।