बिर्तामोड । 

बिर्तामोड उद्योग वाणिज्य संघको फागुन १४ गते हुने निर्वाचनमा स्वतन्त्र व्यवसायिक प्यानलबाट जनसम्पर्क उपाध्यक्ष पदको उम्मेद्वारी दिएकी गोमा भट्टराईले व्यवसायी महिलाको हक हित,उद्योग व्यवसाय संचालनमा महिलालाई अग्रसर,महिलाको क्षमता विकास गराउन वाणिज्य संघको नेतृत्वमा पुग्न आवश्यक भएकै कारण निर्वाचनमा होमिएको बताएकी छन् । 

‘ सञ्चारकर्मीसंग कुराकानी गर्दै उनले भनिन,मैले विभिन्न संघ संस्थामा काम गरेर अनुभव लिइसकेकी छु,त्यो अनुभवको आधारमा उद्योग वाणिज्य संघमा पनि जानुपर्छ भन्ने लागेर उम्मेद्वारी दिएकी हुं ।’ 

उनले अझ महिलालाई व्यवसायमा सक्रिय गराई उनीहरुको क्षमताविकास लाई प्राथमिकता दिने आफ्नो  चाहना रहेको बताइन । 

 साथै उनले मतदाताले भिजन भएको नयां नेतृत्व चाहेको बताइन । उम्मेद्वार भट्टराई  यस पटक नेतृत्व परिवर्तन गर्ने मनसायमा मतदाता व्यवसायी आतुर रहेको बताउंछिन् । 

अर्जुन मैनाली नेतृत्वको स्वतन्त्र व्यवसायिक प्यानलले सवैलाई समेटेर नयाँ योजना र भिजनका साथ संघमा उम्मेद्वारी दिएको उनको तर्क छ ।  

बिर्तामोडमा भट्टराई लामो समयदेखि स्टेशनरीको व्यवसाय गर्दै आएकी छन् ।  प्रगति पुस्तक भण्डार सञ्चालन गर्दै आएकी भट्टराईले बिभिन्न बाणिज्य र महिलाका क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव आफुसँग भएको बताउँदै संघमा निर्वाचित भए त्यो अनुभव ब्यवसायीको हितमा खर्चिने बताउंछिन् ।  

आफुले जिते स्थानीतह र बिषयगत संघसंस्थासँग समन्वय, सहकार्य गर्दै नेतृत्वदायि भुमिका खेल्ने प्रतिवद्धतासमेत गरेकी छिन् । 

स्वतन्त्र ब्यवसायीक प्यानलमा व्यवसायीको हितमा काम गर्न सक्ने उम्मेद्वारहरु रहेकाले सवै मतदातालाई जिताउन  भट्टराईले अपिल समेत गरेकी छिन् ।